आज पनि घट्यो डलरको भाउ, यूरो र पाउण्डको भने बढ्यो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.३३ रुपैयाँ र बिक्रीदर १३९.९३ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.५० रुपैयाँ र बिक्रीदर १४०.१० रुपैयाँ कायम थियो ।

