आईतवार, जेष्ठ १७,२०८३ 03:41:28
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 03:41:28
कुमारी बैंकद्वारा २७.५७ करोड खुद नाफा आर्जन, निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो
BANKING

कुमारी बैंकद्वारा २७.५७ करोड खुद नाफा आर्जन, निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो

काठमाण्डौ । काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६८.२० प्रतिशतले कम हो ।  अघिल्लो आवको सोही अवधिसम्ममा भने बैंकको खुद नाफा ८६ करोड ७२ लाख रुपैयाँ थियो ।    बैंकले नाफासँगै खुद ब्याज आम्दानीमा पनि कमी आएको छ । समीक्षा अवधिमा बैंकले ५ अर्ब ३१ करोड रुपैयाँबराबरको खुद ब्याज...

एनआईसी एशिया बैंकको नाफामा ९२% को गिरावट, कस्ता छन् अन्य वित्तीय सूचक ?
BANKING

एनआईसी एशिया बैंकको नाफामा ९२% को गिरावट, कस्ता छन् अन्य वित्तीय सूचक ?

काठमाण्डो । एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफामा ९२.०३ प्रतिशतको गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । बैंकले समीक्षा अवधिसम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ९ण् करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारतमैत्री संघलाई सहयोग रकम हस्तान्तरण
BANKING

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारतमैत्री संघलाई सहयोग रकम हस्तान्तरण

काठमाण्डौ । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका ०३, नदीपुर, कास्कीस्थित नेपाल भारतमैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न नेपाल भारतमैत्री संघ, कास्कीलाई रु ३.लाख आर्थिक सहयोग गरेको छ ।  

बजारमा पैसा धेरै भएपछि आज ६० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारमा पैसा धेरै भएपछि आज ६० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले आज फेरि ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  बजारमा पैसा धेरै भएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले पछिल्लो समय निरन्तर रुपमा पैसा झिक्दै आएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४२.५३ रुपैयाँ र बिक्रीदर १४३.१५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.९२ रुपैयाँ र बिक्रीदर १६९.६६ रुपैयाँ कायम भएको छ ।    

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
BANKING

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

काठमाण्डौ। नबिल बैंकले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित कार्यालयमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेलाई...

कृषि विकास बैक कर्मचारी संघको रक्तदान कार्यक्रम सम्पन्न
BANKING

कृषि विकास बैक कर्मचारी संघको रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौ । कृषि बिकास बैकको ५८ औ बार्षिकोत्सवको अवसरमा कृषि विकास बैक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले माघ ४ गते मुख्य कार्यालयमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ । यसैगरी, कृषि विकास बैक कर्मचारी संघ नेपालको बिरेन्द्र नगर समिति चितवन र सुदुरपश्चिम प्रदेश समिति धनगढीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  कृषि विकास बैक कर्मचारी संघ नेपालका अन्य प्रदेश...

आज डलरको मूल्य वृद्धि, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आज डलरको मूल्य वृद्धि, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ४ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.१९ रुपैयाँ र बिक्रीदर १३८.७९ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.८९ रुपैयाा र बिक्रीदर १३८.४९ रुपैयाँ कायम थियो ।  

जानकी फाइनान्स र नारायणी बैंक तत्काल कारबाहीमा नपर्ने, पोखरा फाइनान्सलाई टेकओभर गर्ने राष्ट्रबैंकको तयारी
BANKING

जानकी फाइनान्स र नारायणी बैंक तत्काल कारबाहीमा नपर्ने, पोखरा फाइनान्सलाई टेकओभर गर्ने राष्ट्रबैंकको तयारी

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बाहिरी हल्लाजस्तो जानकी फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकलाई तत्काल शीघ्र सुधारात्मक कारबाही नगर्ने भएको छ ।  प्रारम्भिक अध्ययनका क्रममा यी दुई संस्थाको वित्तीय अवस्था अहिले नै शीघ्र सुधारात्मक कारबाही गरिहाल्नुपर्ने खालको अत्यन्त खराब नदेखिएको र यी दुवै संस्थाको व्यवस्थापन तथा सञ्चालक समितिलाई केही समय दिएर मात्र निर्णयमा पुग्ने...

महालक्ष्मी विकास बैंकद्वारा बचतमै मुद्दति सरहको ब्याज पाइने रिकरिङ बचत खाता सञ्चालन
BANKING

महालक्ष्मी विकास बैंकद्वारा बचतमै मुद्दति सरहको ब्याज पाइने रिकरिङ बचत खाता सञ्चालन

काठमाण्डौ । महालक्ष्मी विकास बैंकद्धारा बालबालिकाहरुको भविष्यमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखी नै सम्बोधन गर्ने गरी बचतमै मुद्दति सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ । 

नबिल बैंकद्वारा घातक रोग उपचार तथा बीमा सुविधाका लागि न्यूनतम दैनिक मौज्दात वृद्धि
BANKING

नबिल बैंकद्वारा घातक रोग उपचार तथा बीमा सुविधाका लागि न्यूनतम दैनिक मौज्दात वृद्धि

काठमाण्डौ । नबिल बैंक लिमिटेडले घातक रोग उपचार तथा बीमा सुविधाका लागि न्यूनतम दैनिक मौज्दात बढाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुनेगरी घातक रोग उपचार तथा आवधिक जीवन बीमाका लागि न्यूनतम दैनिक मौज्दात बढाएको हो ।  नबिल बैंकले आफ्नो व्यक्तिगत बचतकर्ता ग्राहकहरूको हितलाई मध्यनजर गर्दै मेट–लाईफ बीमा कम्पनीको सहकार्यमा ३ लाख रुपैयाँको घातक रोग बीमा तथा ७५ हजारको आवधिक जीवन...

घट्यो डलरको भाउ, युरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, युरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ३ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.८९ रुपैयाा र बिक्रीदर १३८.४९ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.३२ रुपैयाँ र बिक्रीदर १३८.९२ रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

झुत्रो नोट सटहीसम्बन्धी यस्तो छ राष्ट्र बैंकको व्यवस्था
NEPAL RASTRA BANK

झुत्रो नोट सटहीसम्बन्धी यस्तो छ राष्ट्र बैंकको व्यवस्था

काठमाण्डौ । पुराना झुत्रा नोटहरुलाई प्राय मानिसहरुले सटही गर्न नसकिने ठानेर वेवास्ता गरेका पाइन्छ । तर नेपाल राष्ट्र बैंकले यस्ता नोटहरु सटही गर्न सकिने व्यवस्था गरेको छ । आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रङ्गिएको नोटलाई नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालय र...

नबिल बैंकले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण
BANKING

नबिल बैंकले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

काठमाण्डौ। नबिल  लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर  सञ्चालन गरिएको थियो ।नबिलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको शिविर कार्यक्रममा ४८ राउटे परिवारका...

ज्योति विकास बैंकमा ५ जना निर्विरोध निर्वाचित, खड्का अध्यक्ष चयन
BANKING

ज्योति विकास बैंकमा ५ जना निर्विरोध निर्वाचित, खड्का अध्यक्ष चयन

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न साधारण सभाबाट ५ जना सञ्चालक निर्वाचित भएका हुन् । संस्थापक सेयरधनी (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी .समूह ख) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक गरी ५ जना सञ्चालको निर्वाचन भएको हो । 

सिटिजन्स बैंकद्वारा नविकरण प्रतिष्ठान नेपाललाई सहयोग
BANKING

सिटिजन्स बैंकद्वारा नविकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समय देखी निरन्तर रुपमा अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू फाउन्डेसन नेपाल९नविकरण प्रतिष्ठान नेपाल०लाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४५ जना बालबालिकाहरुले आश्रय लिइरहेको सो संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न...

एनआईसी एशिया बैंकद्वारा लाभांश नदिने निर्णय
BANKING

एनआईसी एशिया बैंकद्वारा लाभांश नदिने निर्णय

काठमाण्डौ । एनआईसी एशिया बैंकले लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

यो वर्ष नेपाल बैंकका सेयरधनीको हात खाली हुने, लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय
BANKING

यो वर्ष नेपाल बैंकका सेयरधनीको हात खाली हुने, लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सेयरधनीहरुको हात यसपाली रित्तो ह्ुने भएको छ । बैंकले गत आवका लागि लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरुको हात खाली हुने भएको हो ।  पुस २९ गते साँझ ६ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको थियो ।  

डूब्ने अवस्थामा पुगेको पोखरा फाइनान्सद्वारा मर्जरका लागि हारगुहार, रु. ३० सम्म पाए लिने दाउमा केही बैंक
BANKING

डूब्ने अवस्थामा पुगेको पोखरा फाइनान्सद्वारा मर्जरका लागि हारगुहार, रु. ३० सम्म पाए लिने दाउमा केही बैंक

काठमाण्डौ । राष्ट्रबैंकको कारबाहीमा पर्ने र त्यसको असरले सेयरमूल्यमा पहिरो जाने तथा निक्षेपकर्ताको विश्वास डगमगाउने भएपछि पोखरा फाइनान्सले कुनै वाणिज्य बैंकसँग बिलय हुने गरी मर्जरको छलफललाई तीव्र पारेको छ ।  पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडका उच्च अधिकारीहरु कर्णाली डेभलपमेन्ट बैंककै जस्तो हालत कम्पनीको हुने भयपछि रातारात मर्जरको...

दैनिक नयाँ रेकर्ड राख्दै डलरको भाउ, आजको विनिमयदर कति ?
NEPAL RASTRA BANK

दैनिक नयाँ रेकर्ड राख्दै डलरको भाउ, आजको विनिमयदर कति ?

काठमाण्डौ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको डलरको भाउले आज पनि नयाँ उचाई चुमेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ २ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.३२ रुपैयाँ र बिक्रीदर १३८.९२ रुपैयाँ कायम छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.