१३ वटा बैंकले घटाए ब्याजदर, कुन बैंकमा पाइन्छ सबैभन्दा बढी ब्याज ?
काठमाण्डौ । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन् । वैशाख महिनाका लागि १३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ५ वटाले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वैशाख महिका लागि २ वटा बैंकले भने ब्याजदर बढाएका छन् । वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती...

