तरलता व्यवस्थापनका लागि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको जनाएको छ । अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने...

