मातृभूमी लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित
काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको वैशाख २ गते सम्पन्न छैटौं साधारण सभाबाट संस्थापक समूह तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ गरी जम्मा ६ जना सञ्चालक निर्वाचित भएका हुन् । संस्थापक समूहतर्फ शम्भु प्रसाल घिमिरे,बिमला योगी,इन्द्र बहादुर शाह र खडानन्द सापकोटा निर्वाचित भएका छन् ।

