नेप्सेमा दोहोरो अंकको वृद्धि, सबै समूहमा हरियाली
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६४ प्रतिशत अर्थात १८.३० अंकले बढेर २ हजार ८५०.३७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले बढेर ४९०.१६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता...

