हालको बजार गिरावट मनोवैज्ञानिक दबाव, अफवाह र अल्पकालीन डरको परिणाम
–तारा प्रसाद फुल्लेल अहिलेको परिप्रेक्ष्यमा नेपालको सेयर बजार घट्नु पर्ने कुनै ठोस आर्थिक वा राजनीतिक कारण छैन । कुनै ठूलो आर्थिक संकट, बैंकिङ क्षेत्रको अस्थिरता वा विदेशी लगानीमा उल्लेखनीय गिरावट आएको छैन । महँगाई नियन्त्रणमा रहेको देखिन्छ र बैंक ब्याजदरहरूमा पनि कमि आऊनुको साथै सन्तुलनमा देखिन्छ अनि तरलता प्रसस्त छ । सरकार र नेपाल राष्ट्र बैंकबाट क्रमशः नीतिगत...

