काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा दुईवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । बोर्डमा हाईड्रो समूहका दुईवटा कम्पनी, भिजन इनर्जी पावर र ह्वाइट लोटस पावरले आईपीओ निष्कासनको स्वीकृती माग्दै आवेदन दिएका हुन् ।
भिजन इनर्जीले ८३ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ८३ लाख कित्ता र ह्वाइट लोटस पावरले १२ करोड १९ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका १२ लाख १९ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेका छन् ।
भिजन इनर्जीले असार ३० गते र ह्वाइट लोटसले असार २१ गते आवेदन दिएका हुन् । आईपीओ निष्कासन प्रयोजनका लागि भिजन इनर्जीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल र ह्वाइट लोटसको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेका छन् ।