मंगलवार, श्रावण ६,२०८२ 01:41:04
  • मंगलवार, श्रावण ६,२०८२ 01:41:04
Global IME Bank Limited

सिन्धु विकास बैंकको खुद नाफा २८७% ले बढ्यो, वितरणयोग्य मुनाफा भने २०.७५ करोडले ऋणात्मक

Hyundai Nepal
सिन्धु विकास बैंकको खुद नाफा २८७% ले बढ्यो, वितरणयोग्य मुनाफा भने २०.७५ करोडले ऋणात्मक
Shivam Cement

काठमाण्डौ । सिन्धु विकास बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले आज सर्वाजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले ११ करोड ७८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।  

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८७.५९ प्रतिशतले बढी हो । गत आवको चौथो त्रैमाससम्म बैंकको खुद नाफा ३ करोड ४ लाख रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी भने ३०.१४ प्रतिशतले घटेर १३ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ ।  

यस्तै बैंकको खुद शुल्क तथा कमिशन आम्दानी समेत घटेको छ । अघिल्लो आवमा २ करोड १९ लाख रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी घटेर १ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको सञ्चालन मुनाफा समेत २ करोड ९६ लाखबाट बढेर १५ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।  

Muktinath Bikas Bank Limited

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १७ करोड ९० लाख रुपैयाँले रिभर्सल भएको छ । यही कारण बैंकको खुद नाफामा सुधार देखिएको हो । बैंकको रिटेन्ड अर्निङ २० करोड ७५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ भने रिजर्भमा १३ करोड ३४ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५ अर्ब ८९ करोडबाट घटेर ५ अर्ब ६८ करोड रुपैयाँमा सीमित बनेको छ । कर्जा प्रवाह पनि ३ अर्ब ५८ करोडबाट घटेर ३ अर्ब २५ करोडमा खुम्चिएको छ ।  

बैंकको वितरणयोग्य मुनाफा भने २० करोड ७५ लाख रुपैयाँले ऋणात्मक छ ।  अघिल्लो आवको चौथो त्रैमाससम्म १०.६३ प्रतिशत रहेको खराब कर्जा अनुपात भने घटेर ६.०३ प्रतिशतमा झरेको छ । 

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)२१.१५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १४५.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८६.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४०.९९ गुणा र तरलता अनुपात ४३.७२ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.