उछाल आउँदा नेप्से २५ महिनाकै उच्च,‘सेयर बजारमैत्री सरकार आउने अपेक्षाले लगानी बढ्दै’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक २.४० प्रतिशत अर्थात ५२.९७ अंकले बढेर २ हजार २५७.५९ विन्दुमा पुगेको छ । यसअघि सन् २०२२ को मे ५ मा नेप्से २२ सय ४६ मा बन्द भएको थियो । यसरी नेप्से परिसूचक २५ महिना यताकै उच्च विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४४ प्रतिशतले बढेर...

