बुधबार, असार १८,२०८२ 12:47:53
  • बुधबार, असार १८,२०८२ 12:47:53
Global IME Bank Limited

आरएसआईमा न्यूट्रल जोनबाट पनि तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
आरएसआईमा न्यूट्रल जोनबाट पनि तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबारमा आज सेयर बजारमा करिब २ प्रतिशतको गिरावट आएको छ ।  यो गिरावटसँगै नेप्से परिसूचक २६९६ विन्दुमा बन्द भएको छ ।  

पछिल्लोपटक लगातार एक हजार अंकले बढेको बजारमा हालको करेक्सन सामान्य नै मान्न सकिन्छ । किनकी बजार घटेता पनि हालसम्म पनि बजारले फिवोनासीको ०.३८ प्रतिशतको करेक्नस भन्दा माथि नै रहेको छ । फिवानासीको आधारमा एकपटक बढेको बजार यदि ०.६१ प्रशितसम्म करेक्सन आउछ भने पनि त्यो बुल बजार भित्रकै करेक्सन मानिन्छ ।

CG Motors
Muktinath Bikas Bank Limited

त्यसैले हालको उच्च अंक  ३ हजारबाट भएको ३ सय अंकको करेक्सनलाई प्राविधिक रुपमा  स्वाभिक नै भन्न सकिन्छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा यस अघि नै मध्य ब्याण्ड छोडेको छ । यदि बजार तल्लो ब्याण्डसम्म आउँछ भने त्यो २६२१ विन्दुसम्म हुन सक्छ । म्याक्डीमा बजार यस अघि नै वियरिस क्रसओभर बनेको छ । 

आरएसआई आज न्यूट्रल जोनबाट पनि तल खसेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब देखिएको छ । पिभट् मार्फत बजारको सपोर्ट नियाल्दा अबको बजारको सपोर्ट क्रमशः २६६० ,२६०० र २५६० को विन्दुमा हुन सक्छ । यदि बढेमा भने बजारले २८०० , २९१७ र ३००० मा क्रमशः प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.