आज २२ सय विन्दुमाथि टिकेको बजार प्राविधिक रुपमा अब कता ?
काठमाण्डौ । आज सेयर बजारमा लामो समयपछि २२ सय विन्दुमाथि उच्च कारोबार र भोल्युमसहित बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा ग्याप अप ओपनिङसहित बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बोेलिङ्गर ब्याण्डको अपर ब्याण्डसँगै बजार चलेको छ । यसअघि नै बजार डेली बेसमा म्याक्डीमा बुलिस क्रसओभर बनेको छ ।...

