ग्राउण्ड जिरोः ससुरालीको दाइजो सेयरमा स्वाहा, ५ सयमा किनेको एचआईडीसीएल डेढ सयमा
काठमाण्डौ । सधैंको साताजस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी ज्ञानेश्वर र नक्सालका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं । सबैभन्दा पहिले आज हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं । बिहान ११ बज्दै गर्दा लगानीकर्ता आउने क्रम जारी थियो...

