२५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सूर्यज्योति लाइफ
काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा कायम भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.९७ प्रतिशत र निर्जीवन बीमा समूह ०.४४ प्रतिशतले बढेको छ । आज ३ बीमा कम्पनीको मात्रै सेयरभाउ घटेको छ भने २५ कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ ।...

