आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ३ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र भृकुटी स्टक ब्रोकिङ कम्पनी रहेका छन् ।

