आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ५ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप१० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भ ने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।

