नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले असार ३० गतेदेखि १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गरेको छ। यो ऋणपत्रको कुल इकाइमध्ये ६० प्रतिशत अर्थात १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।...

