बीमकलाई ग्रामिण स्तरसम्म पहुँच विस्तार गर्न अर्थमन्त्रीको निर्देशन, सम्पत्ति बीमाको दायरा विस्तार गरिने
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा बीमा कम्पनीहरुलाई ग्रामिण स्तरसम्म पहुँच विस्तार गर्न निर्देशन दिएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट घोषणा गर्दै आगामी आवमा बीमा कम्पनीहरुलाई ग्रामिण क्षेत्रमा पहुँच विस्तार गर्न निर्देशन दिएका हुन् ।

