नेको इन्स्योरेन्सलाई हकप्रद बिकाउन हम्मे, एलआईसी नेपालको जस्तै लिलामीमा आउने सम्भावना बढी
काठमाण्डौ । नेको इन्स्योरेन्सलाई हकप्रद सेयर बिकाउन हम्मेहम्मे परेको छ । कम्पनीले गत फागुन ८ गतेदेखि हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ बराबरको १ः०.२५ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले फागुन २८ गतेसम्मको म्याद राखेर बुकक्लोज अघि कायम सेयरधनीहरुका लागि हकप्रद निष्कासन गरेको थियो । तर...

