सेयरबजारमा सलिकोको पौने ४० करोड लगानी, वाणिज्य बैंकहरुको स्टकमा मात्रै २४३% लगानी थप
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)को सेयरबजारमा लगानी ४९.९४ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा विभिन्न कम्पनीको सेयर तथा म्युचुअल फण्डको इकाईमा कुल ३९ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, हाइड्रोपावर कम्पनी र म्युचुअल फण्डको इकाईमा २६ करोड ५३ लाख रुपैयाँ लगानी गरेको थियो ।...