नेप्से पुनः २७ सय विन्दुमाथि उक्लियो, हाईड्रो समूहमा चमक
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजारमा ठूलो अंकको वृद्धि भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३.११ प्रतिशत अर्थात् ८३.३३ अंकले बढेर २ हजार ७६०.०२ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१२ प्रतिशतले बढेर ४७१.९२ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४५ वटा स्क्रिप्टका २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर...

