वियरिस मारुबुजु क्याण्डल बनाएको बजारको अबको सपोर्ट कति–कतिमा ?
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयर बजार करिब १७ अंकले घटेर बन्द भएको छ । बजार घट्दा अघिल्लो कारोबारको तुलनामा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आज वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । डेली बेसमा बालिङ्गर ब्याण्डमार्फत बजारलाई नियाल्दा केही समय पहिले मध्य ब्याण्डबाट तल खसेको बजार तल्लो ब्याण्ड नजिक आएको छ । म्याक्डीमार्फत...

