यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा मल्टीपर्पस फाइनान्सको २.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो नाममा रहेको मल्टीपर्पस फाइनान्सको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको मल्टीपर्पसको २ लाख ५० हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि मल्टीपर्पस फाइनान्सका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

