बुधबार, असार १८,२०८२ 12:55:26
  • बुधबार, असार १८,२०८२ 12:55:26
Global IME Bank Limited

वार्षिक औषत २१.३% लाभांश दिएको मितेरी डेभलपमेन्ट बैंक बजार घट्दा पनि बुलिस

Hyundai Nepal
वार्षिक औषत २१.३% लाभांश दिएको मितेरी डेभलपमेन्ट बैंक बजार घट्दा पनि बुलिस
Nabil Bank Limited

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, नेपालका क्षेत्रीय विकास बैंकहरु मध्यको एक हो । यो बैंक पूर्वको सुनसरी जिल्ला र धरान आसपासलाई आधार बनाएर सञ्चालनमा रहेको छ । बैंकका कर्पोरेट कार्यालयसहित १८ वटा शाखा कार्यालय छन् ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको चुक्तापूँजी १ अर्ब ११ करोड १४ लाख रुपैयाँ रहेको छ । बैंकको रिटेन्ड अर्निङ ४ करोड ८७ लाख १ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ३३ करोड २४ लाख ६० हजार रुपैयाँ रहेको छ । बैंकको खुद मूनाफा ४ करोड ८८ लाख ६९ हजार रुपैयाँ रहेको छ । बैंकको कुल पूँजी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ८.७९ रुपैयाँ रहेको बैंकको बुक भ्यालु १३४ रुपैयाँ रहको छ । बैंकको खराब कर्जा २.७४ प्रतिशत र १० बर्षको औषत लाभांसदर २१.३ प्रतिशत रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटर

फियर एण्ड ग्रिड मिटरको आधारमा बैंक हाल ६० को तहमा बुलिस सेन्टिमेन्टमा चलेको छ । बैंकको ५२ साताको उच्च मूल्य ४३५ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३५० रुपैयाँ रहेको छ । हाल दोस्रो बजारमा यो बैंकको अन्तिम मूल्य प्रतिकित्ता ४२३ रुपैयाँ रहेको छ । यो कम्पनीमा ५१ प्रतिशत सेयर सर्वसाधरण समूहको छ भने ४९ प्रतिशत सर्वसाधारण समूहको छ  ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआई  

डेली बेसमा बोलिङगर ब्याण्डको आधारमा यो बैंकको मूल्य रेखाले आज मध्य ब्याण्ड भन्दा तल कारोबार भएको छ । म्याक्डीमा पनि वियरिस क्रसओभर बनेको छ । आरएसआई ओभर बट जोन ७० बाट खसेर हाल ५२ को तहमा रहेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट हेर्दा यो बैंकको सेयर भाउमा विस्तारै बिक्री दबाब पर्दै गएको देखिन्छ ।  

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्ने विधि हो ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –४६७

प्रतिरोध २ –४५३

प्रतिरोध १– ४४०

पिभट प्वइन्टः ४२६

घटेमा सपोर्ट  

सपोर्ट १– ४१४

सपोर्ट २– ४०० 

सपोर्ट  ३ –३८८

निष्कर्षः   आधारभूत रुपमा यो बैंकलाई नियाल्दा पछिल्लो वर्षमा रिर्टन अन इक्विटी र प्रतिसेयर आम्दानी घटेको देखिन्छ । बैंकको बुक भ्यालुमा सामान्य प्रगति देखिन्छ भने खुद मुनाफामा गिरावट आएको छ । खराब कर्जा समान्य बढेको छ ।  

यस्तै वितरणयोग्य मुनाफामा सामान्य प्रगति भएको देखिन्छ । प्राविधिक रुपमा भने केही इन्डिकेटरहरुले यस बैंकमा अल्पकालिन कारोबारी हाबी हुँदै गरेको देखाएकाले भविष्यमा सेयर भाउमा सामान्य करेक्सन हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.