राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस
काठमाण्डौ । गभर्नर सिफारिस समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको छ । बैठकले राष्ट्र बैंकको १८ औँ गभर्नरका लागि विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको हो । गभर्नर सिफारिस समितिको बैठक अर्थमन्त्री विष्णु पौडेल संयोजक आज अर्थमन्त्रालयमा बसेको थियो । सिफारिस भएका पौडेल अर्थशास्त्री तथा...

