यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४२.५३ रुपैयाँ र बिक्रीदर १४३.१५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.९२ रुपैयाँ र बिक्रीदर १६९.६६ रुपैयाँ कायम भएको छ ।

