डलरको भाउ स्थिर, यूरो र पाउण्डको मूल्य भने घट्यो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४.८९ रुपैयाँ र बिक्रीदर १३५.४९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो ।

