लगातार ५ दिन घट्यो नेप्से, कारोबार पनि सुस्तायो
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२३ प्रतिशत अर्थात ६.३२ अंकले घटेर २ हजार ६६९.८२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ४५४.९१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा स्क्रिप्टको ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर ४ अर्ब ४१...