नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्, ‘बजारमाथि जान भोल्युमको साथ आवश्यक’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ प्रतिशत अर्थात २७.३३ अंकले घटेर २ हजार ७००.०३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३५ प्रतिशतले घटेर ४७९.७५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको २ करोड २१ लाख ५१ हजार ८०३...