अमेरिकी सेयर बजार किर्तिमानी उचाईमा, लगानीकर्ताको मनोबल बलियो बन्दै
काठमाण्डौ । अमेरिकी सेयर बजार किर्तिमानी उचाईमा पुगेको छ । अमेरिकी सेयर बजार मापक इन्डेक्स डाउ सोमबार ०.२ प्रतिशत अर्थात ६५ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यससँगै डाउ इनडेक्स ४१ हजार २४१ विन्दुमा पुगेको छ । यो उचाई हालसम्मकै उच्च हो । उता एस एण्ड पी५०० सूचक भने ०.३ प्रतिशत र नास्डक कम्पोजिट पनि ०.९ प्रतिशतले घटेका छन् ।