ट्रम्पको महसुल नीतिको विरोधमा उत्रिए सेयर बादशाह वारेन बफेटः 'व्यापार-युद्धलाई उग्र बनाउँछ, अमेरिकी अर्थतन्त्र धराप हुन्छ'
काठमाण्डौ । डोनाल्ड ट्रम्पको प्रशासनले महसुल (Tariffs) आफ्नो प्रमुख आर्थिक हतियार बनाएको छ, तर विश्व प्रसिद्ध लगानीकर्ता वारन बफेट यसबारे उत्साहित देखिँदैनन्।"महसुल वास्तवमा—हामीलाई यसको धेरै अनुभव छ—केही हदसम्म यो युद्धको कार्य जस्तै हो," बफेटले आइतबार CBS लाई दिएको अन्तरवार्तामा भने।बर्कशायर हैथवेका सीईओ बफेटले महसुल अन्ततः उपभोक्तामाथि करको रूपमा लागू हुने र मूल्यवृद्धि...

