कच्चा तेलको मूल्य २% भन्दा बढीले घट्यो, प्रतिब्यारेल कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ । ब्रेन्ड क्रुडको मूल्य २.०९ प्रतिशत अर्थात १.५२ डलरले घटेर प्रतिब्यारेल ७१.०४ डलर पुगेको छ । यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि २.४५ प्रतिशत अर्थात १.६८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६७.०२ डलर कायम भएको छ...

