बुधबार, असार १८,२०८२ 07:13:44
  • बुधबार, असार १८,२०८२ 07:13:44
Global IME Bank Limited

बोर्ड अध्यक्षविहिन बन्दा सेयर निष्कासन अनुमति प्रभावित

Hyundai Nepal
बोर्ड अध्यक्षविहिन बन्दा सेयर निष्कासन अनुमति प्रभावित
Nabil Bank Limited

काठमाण्डौ । पूँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड अध्यक्षविहिन बन्दा आईपीओ ,हकप्रद,एफपीओ,ऋणपत्र,म्युचुअल फण्ड लगायतका धितोपत्रको निष्कासन अनुमति प्रक्रिया रोकिएको छ । बोर्ड नेतृत्वविहिन बनेसँगै नयाँ धितोपत्र निष्कासनको अनुमति ठप्प बनेको हो ।  

निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत पुस २० गते सकिएपछि धितोपत्र बोर्ड अध्यक्षविहिन अवस्थामा छ। अध्यक्षविहिन बनेको २ महिना पुग्नै लाग्दा पनि सरकारले अझै नयाँ अध्यक्ष चयन गर्न सकेको छैन । अहिले आईपीओ निष्कासनको अनुमति माग गर्ने ३४ कम्पनी, हकप्रद निष्कासनको माग गर्ने ९ कम्पनी,एफपीओ निष्कासनको माग गर्ने ५ कम्पनी,ऋणपत्र निष्कासनको माग गर्ने एउटा कम्पनी र म्युचुल फण्ड निष्कासनको माग गर्ने ८ वटा कम्पनी रहेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोर्डमा २७ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको आईपीओ निष्कासनको माग गर्दै ३४ कम्पनीले आवेदन दिएका छन् ।  

धितोपत्र निष्कासनको प्रक्रिया अवरुद्ध हुँदा कम्पनीहरुले निष्कासन कार्यतालिका नै प्रभावित बन्न पुगेको छ । यसले धितोपत्र बजारमा चाप बढ्नुका साथै कम्पनीहरुको व्यवसायिक योजना समेत प्रभावित बन्ने देखिन्छ ।  

नयाँ अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ । तर यो समितिले अझै पनि नयाँ अध्यक्ष पदका लागि आवेदनसम्म माग गर्न सकेको छैन ।हाल धितोपत्र बोर्डका बरिष्ठ अधिकारी नबराज अधिकारीलाई निमित्तको अधिकार सुम्पिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.