बुधबार, असार १८,२०८२ 07:13:54
  • बुधबार, असार १८,२०८२ 07:13:54
Global IME Bank Limited

सेयर बजारको चलखेललाई नियन्त्रण गर्न भारतमा एआईको प्रयोग,नेपाली नियामकको घैटोमा कहिले लाग्ला घाम ?

Hyundai Nepal
सेयर बजारको चलखेललाई नियन्त्रण गर्न भारतमा एआईको प्रयोग,नेपाली नियामकको घैटोमा कहिले लाग्ला घाम ?
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार निकै संवेदनशील क्षेत्र भएकाले कुनै साना हर्कतहरुले पनि यसमा यसलाई प्रभाव पार्ने गर्छ । मानिसहरुले विभिन्न हत्कन्डा अपनाएर सेयर बजारबाट अनूचित लाभ लिईरहेका हुन्छन् । सेयर बजारमा चलखेल गर्ने विषय नेपाल लगायत विभन्न विकसीत देशहरुमा समेत हुने गरेको देख्न र सुन्न पाइन्छ । प्राय:सबै लगानीकर्ता सेयर बजारको प्राविधिक ज्ञान र यसको कारोबार बारे राम्रोसँग जानकार  हुँदैनन् । लहलहैमा लागेर र अरुले कमाएको देखेर सेयर बजारमा होमिनेको कमी छैन यहाँ ।  

सेयर बजारको यस्तो कमी कमजोरीको फाइदा भने अक्सर ठूला र टाढा–बाठा लगानीकर्ताले उठाउने गर्छन । सेयर बजारमा विभिन्न चलखेल गरेर यस्ता तथाकथित लगानीकर्ताले सोझासाझाको पैसा कुम्ल्याउने गर्छन । यो प्रवत्ति नेपालमा मात्रै नभई विश्वभरका सेयर बजारमा रहेको पाइन्छ ।  

देशका नियामक निकायहरुले यस्ता चलखेललाई कम वा नियन्त्रण गर्न विभिन्न कानुन तथा नीति नियमको प्रबन्ध गरेका त हुन्छन नै । तर कानूनमा बाँकी रहेका केहि लुपहोलको प्रयोग गरेर वा कानूनको फितलो कार्यान्वयनको फाइदा उठाएर केहि लगानीकर्ता चलखेल गर्न पछि हट्दैनन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तोमा भारतको सेयर बजार नियामकले भने सेयर बजारको चलखेललाई नियन्त्रण गर्न एउटा गज्जबको उपायको प्रयोग गर्ने तयारी गरेको छ । भारतको सेयर बजार नियामक‘सेक्युरिटज् बोर्ड अफ इण्डियाले सेयर बजारमा हुने विभिन्न खाले चलखेललाई नियन्त्रण गर्न कृत्रिम बौदिकता(एआई)को सहारा लिने तयारी गरेको हो ।  

सेबीका एक सदस्य कमलेश वाष्र्णेयले एउटा सार्वजनिक कार्यक्रममा यसको खुलासा गरेका हुन् । उनले सेयर बजारमा हुने चलखेललाई लगाम लगाउन एआईको भुमिकाको विषयमा सोधिएको प्रश्नको उत्तर दिदैँ उनले भने,‘हामीले  सेयर बजारमा भईहरहेको चलखेललाई लगाम लगाउन एआईको प्रयोग गरिरहेका छौँ र यसका अतिरिक्त एआईलाई हामीले अन्य प्रयोजनका लागि समेत प्रयोग गरिरहेका छौं ।’

कमलेशले दिल्लीमा भईहरहेको एशोसियसन अफ एइक्सचेञ्ज मेबर्स अफ इण्डियाको १३ औं अन्तराष्ट्रिय सम्मेलनको क्रममा यस्तो बताएका हुन् । त्यस क्रममा उनले भारतको सेयर बजारलाई निष्पक्ष तथा पारदर्शी बनाउन लागिपरेको र एआईको प्रयोग गरेर चलेखल रोक्न गरिएका प्रयासहरुका बारेमा जानकारी दिएका थिए ।  

उनले चलखेल गर्न केहि ब्रोकरहरु लागिपरेको र त्यस्तालाई ठेगान लगाउँन नयाँ कदमहरु चाल्न आवश्यक रहेको बताए ।  

नेपालको सेयर बजार पनि चलखेलबाट अछुतो छैन । यहाँ पैसा,पहुँच र शक्तिको भारमा खुलेआम चलखेल गरेका कयौँ उदाहरण देख्न सकिन्छ । यसमा नेपालका कयौँ ठूला कहलिएका लगानीकर्ता र केहि ब्रोकरहरु समेत संलग्न भएको बजार जानकार बताउँछन् । तर नियामकको कमजोरी र नीति नियमको फितलो व्यवस्थापन र कार्यान्वयनका कारण उनीहरुले उन्मुक्ति पाईरहेका छन् ।  

नेपालको बजार नियामकले पनि आधुनिक प्रविधिको अधिकतम प्रयोग गरेर सेयर बजारमा खुलेआम भईरहेको बेथिती र चलखेललाई नियन्त्रण गरी साना तथा सोझा लगानीकर्तालाई जोगाउनेतर्फ लागेर अभिभावकीय जिम्मेवारी पुरा गर्न आवश्यक देखिन्छ । बिलम्ब नहुँदै यसतर्फ नियामकको ध्यान जान एकदमै आवश्यक छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.