बुधबार, असार १८,२०८२ 10:54:12
  • बुधबार, असार १८,२०८२ 10:54:12
Global IME Bank Limited

६ दिनपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा भने संकुचन

Hyundai Nepal
६ दिनपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा भने संकुचन
Nabil Bank Limited

काठमाण्डौ । ६ दिन लगातार घटेको बजारमा आज दोहोरो अंकको सुधार आएको छ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) १२.२९ अंक अर्थात ०.६२ प्रतिशतले बढेर १ हजार ९९१.३१ बिन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर  ३५५.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ५८ लाख ५८ हजार ६६३ कित्ता सेयर १ अर्ब ९६ करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्,‘आज बिक्रीकर्ता पछि हट्दा र लगानीकर्ताले घाटामा सस्तो मूल्यमा सेयर बेच्न नचाहदा अन्तिम समय बजार सम्हालिन पुगेको छ । अघिल्लो दिन ठूलो गिरावट आएको बजारमा आज रिभर्सल प्रकृतिको क्यान्डल बनेको छ ।’ आज बिक्रीकर्ता पछि हट्दा कारोबार घटेको थापाले बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

अर्का बजार जानकार नयन बाँस्तोलाले पनि लगातार घटेको बजारमा आज खरिदकर्ता हावी हुँदा बजार बढेको बताए । बजार धेरै घटेका कारण लगानीकर्ताले सस्तोमा सेयर बेच्न नचाएको उनले बताए । ‘प्राविधिक रुपमा पनि आज बजार सपोर्ट विन्दु  फिवोनासीको ०.६१ प्रतिशतबाट बजार फर्केको छ । लगातार ६ दिन घटेको बजारमा आज सम्हालिनु राम्रो पक्ष हो । अहिले बजार घट्नु पर्ने खासै केही कारण छैन । ब्याजदर घट्दो अबस्थामा छ ।’ उनले भने ।  

 यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह २.५१ प्रतिशतले बढ्यो ।  

त्यस्तै आज बैंकिङ समूह ०.२०,विकास बैंक ०.५४,होटल १.४५,हाईड्रो १.३६, लगानी ०.९६, जीवन बीमा ०.३१,निर्जीवन बीमा ०.२२,अन्य ०.७५ र लगानी समुह १.३४ प्रतिशतले बढे ।  

यो दिन वित्त समूह ०.२५ प्रतिशत,लघुवित्त ०.०६ प्रतिशत र म्युचुअल फण्ड समूह ०.२१ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको ९ करोड ७१ लाख बढीको सेयर कारोबार भएको छ । कारोकार धेरै गर्नेको सूचीमा ७ करोड ५० लाखसहित हिमालयन रि इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । शिवम सिमेन्टको ६ करोड ६७ लाख,गोर्खाज फाइनान्सको ६ करोड २६ लाख र सन नेपाल लाइफको ६ करोड १८ लाख बढीको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज बोटलर्स नेपाल(बालाजु)का सेयरधनीले सर्वाधिक कमाएका छन् । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ८.१६ प्रतिशतले बढेको आज नेपाल वेयरहाउजिङको सेयरमूल्य ७.६५ प्रतिशत,सोनापुर मिनरल्सको ७.३५ र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ६.७२ प्रतिशतले बढ्यो ।  

आज समाज लघुवित्तको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ ।  

आज बिपिडब्लु लघुवित्तको सेयरमूल्य ८.७७ प्रतिशत,किसान लघुवित्तको ५.५६,गोर्खाज फाइनान्सको ५.३५ र धौलागिरी लघुवित्तको सेयरमूल्य ३.३० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.