बुधबार, असार १८,२०८२ 10:49:52
  • बुधबार, असार १८,२०८२ 10:49:52
Global IME Bank Limited

नेप्से २ हजार विन्दुमाथि,यस कारण घट्यो कारोबार

Hyundai Nepal
नेप्से २ हजार विन्दुमाथि,यस कारण घट्यो कारोबार
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ९.३४ अंक अर्थात ०.४६ प्रतिशतले बढेर २ हजार १.६४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ३५७.०९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर १ अर्ब ८६ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार केशव कोइराला(काका)भन्छन्,‘ आज किन्ने र बेच्नेबीच तीव्र बार्गेनिङ देखियो । बेच्नेहरु घटेर बेच्न पनि तयार भएनन् । यद्यपी बजार डिमान्ड जोनमा नै छ । २ हजार मुनि केहि ट्रेडर्सहरुले स्टप लस पनि गरे ।’ अब बिक्री दबाव सकिएकाले बजार विस्तारै सम्हालिने कोइरालाले बताए ।  

अर्का बजार जानकार पर्वत विष्ट भन्छन,‘आज पनि बजारमा खासै उत्साह देखिएन । सरकारले व्यापारीहरुलाई संरक्षण गर्न सकिरहेको छैन । त्यहि कारण बजारमा उत्साह देखिएको छैन । भोल्युम घटिरहेको छ ।’ यहि कारण बजार केहि समय साइडवेज चल्नेसक्ने उनले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने ६ वटा समूहमा गिरावट आएको छ । आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह ३.५२ अंकले बढेको आज बैंकिङ समूह ०.४७ प्रतिशत,विकास बैंक ०.१४,हाईड्रो ०.४६,लघुवित्त ०.३६,निर्जीवन बीमा ०.७४ र व्यापार समूह १.१० प्रतिशतले बढ्यो ।  

यो दिन वित्त समूह ०.२८ प्रतिशत,होटल ०.०५,लगानी समूह ०.०८,जीवन बीमा ०.०७ म्युचुअल फण्ड ०.१३ र अन्य समूह ०.०५ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सोनापुर मिनरल्सको सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको १४ करोड १९ लाख बढीको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा शिवम सिमेन्ट दोस्रो स्थानमा रहेको छ । यो कम्पनीको ८ करोड २९ लाख बढीको कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्सको आज ६ करोड ४० लाख,घोराही सिमेन्टको ५ करोड ४ लाख र हिमालयन डिस्टीलरीको ३ करोड ५८ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज बोटलर्स नेपाल(बालाजु)र बिपिडब्लु लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको आज सामलिङ पावरको सेयरमूल्य ९.२६,बोटलर्स नेपाल(तराई)को ८.७२ र गुँरास लघुवित्तको सेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

आज चिरख्या हाईड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.०६ प्रतिशतले गिरावट आएको छ ।  

त्यस्तै कालिञ्चोक दर्शनको सेयरमूल्य ४.३० प्रतिशत र मोलुङ हाईड्रोको सेयरमूल्य ३.५३ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.