बुधबार, असार १८,२०८२ 06:37:35
  • बुधबार, असार १८,२०८२ 06:37:35
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको आईपीओमा १९.३२ गुणा बढी आवेदन, साढे ९ लाखको हात खाली हुने

Hyundai Nepal
सर्वोत्तम सिमेन्टको आईपीओमा १९.३२ गुणा बढी आवेदन, साढे ९ लाखको हात खाली हुने
Nabil Bank Limited

काठमाण्डौ । सवोत्तम सिमेन्टको आईपीओमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । आज निष्कासनको अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १० लाख १२ हजार ३८४ आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँबराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

कम्पनीले गत फागुन १३ गतेदेखि प्रतिकित्ता मूल्य रु ३६०.९० अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओको बिक्री आवेदन खुलाएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको आईपीओमा आवेदन दिने ९ लाख ५६ हजार ८६३ आवेदकको हात खाली हुने भएको छ । आवेदन दिएका मध्ये ५५ हजार ५२१ आवेदकको भागमा मात्रै ५० कित्ताका दरले आईपीओ पर्नेछ । मागभन्दा बढी आवेदन परेकाले आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट हुने भएको छ ।  

कम्पनीले गत पुसमा उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गरेको  थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.