बुधबार, असार १८,२०८२ 08:00:40
  • बुधबार, असार १८,२०८२ 08:00:40
Global IME Bank Limited

चार सातापछि सेयर बजारमा सुधार, नेप्सेको साप्ताहिक चार्टमा ‘मर्निङ स्टार’

Hyundai Nepal
चार सातापछि सेयर बजारमा सुधार, नेप्सेको साप्ताहिक चार्टमा ‘मर्निङ स्टार’
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिन कारोबारमा बजार ३ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता २ हजार ६६३.३ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७०३.३९ को विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता ४०.०१ अंकले बजार बढ्यो । अघिल्लो साता भने ६.०१ अंकले बजार घटेको थियो । यो साता चार दिनमा बजारमा २६ अर्ब ६५ करोडको सेयर कारोबार भयो । अघिल्लो साता ५ दिनमा २५ अर्ब ४१ करोडको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत  कारोबार दुबै बढ्यो । यो सँगै लगातार ४ साता घटेको नेप्सेको ओरालो यात्रामा यो साता ब्रेक लाग्यो । यो साता बजार पूँजीकरण ४४ खर्ब ८९ अर्ब पुग्यो । अघिल्लो साता यस्तो बजार पूँजीकरण ४४ खर्ब २२ अर्ब थियो । यस हिसाबले यो साता बजार बढ्दा ६७ अर्बले लगानीकर्ताहरुको सम्पत्ति बढ्यो ।  

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

साप्ताहिक रुपमा बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा चार साता लगातार घटेको बजारमा यो साता ब्रेक लाग्यो । यस अघिका तीन वटा साप्ताहिक क्याण्डलहरुलाई नियाल्दा अघिल्लो साता तल लामो धागो सहितको  ह्याम्मर क्याण्डल बनेको बजारमा यो साता बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यस हिसाबले तीन वटा क्याण्डल स्टिकबाट नियाल्दा बजारमा ‘मर्निङ स्टार क्याण्डल प्याटर्न’ बनेको छ । यसले सम्भावित रुपमा बजारमा बुलिस क्याण्डल स्टिक प्याटर्न बनेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा यो साता बजार मध्य ब्याण्ड भन्दा माथि टिकेको छ । अपर ब्याण्ड र लोअर ब्याण्डको दुरी साँघुरिदै गएको छ । यस आधारमा बजार बुल नै निश्चित हुन अपर ब्याण्डसँगै अर्थात बजार २८ सय भन्दा माथि चले पछि निश्चित हुन सक्छ । साप्ताहिक रुपमा म्याक्डीमा भने कुनै सुधार भएको देखिदैन । आरएसाआई न्यूट्रल जोन भन्दा माथि चलेको छ । मनी फ्लो इन्डेक्स पछिल्लो समय अप ट्रेन्डमा चलेको देखिन्छ ।  

इचिमोकु

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ ।  

इचिमोकुको आधारमा २९२९ विन्दुबाट खसेको बजारमा त्यसपछि पहिलोपटक बेसलाईनलाई कन्भर्जन लाइनले तलबाट काटेर बुलिस क्रस बनेको छ । क्लाउडको पोजिसन पनि रातोबाट हरियो बनेको देखिन्छ । मूल्य रेखाहरु पनि क्लाउड पोजिसन भन्दा माथि चल्दै गरेका छन् । यस हिसाबले इचिमोकु मार्फत पनि बजार बिस्तारै सम्हालिन खोज्दैछ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३२३८

प्रतिरोध २ – ३०८३

प्रतिरोध १–  २८८८

पिभट् प्वइन्टः २७३३

घटेमा सपोर्ट  

सपोर्ट १– २५३८

सपोर्ट २– २३८४

सपोर्ट  ३ –२१८८

निष्कर्षः यो साता सेयर बजार ४० अंकले बढ्यो । अघिल्लो साता भने बजार ६ अंकले घटेको थियो । यो साता सेयर बजारमा कारोबार र सूचक दुबैमा बढोत्तरी आयो । यस अघिका साताहरुमा घटेको बजार यो साता भने सम्हालियो । प्राविधिक रुपमा यो साताको बजारलाई विभिन्न समय अवधिबाट नियाल्दा साप्ताहिक चार्टमा मार्निङ स्टार प्याटर्न बनेको छ । यसले बजार सम्भावित रुपमा माथिको यात्रा तय गर्न सक्ने संकेत गर्छ ।  

बजारले २०० दिनको मूभिङ एभरेज २५८० बाट सपोर्ट लिएर फर्किएको छ । यो साता कारोबार र भोल्युम दुबैमा बढोत्तरी आयो । आरएसआई र मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार ओभर सोल्ड जोनबाट फर्केको देखिन्छ । यस हिसाबले हेर्दा अघिल्लो साता सम्हालिने प्रयास गरेको बजारमा यो साता सुधार आएको छ । अगामी साता पनि बजारको सुधारले निरन्तरता पाउन सक्छ । तर बजार बुल रनमा नै चल्न भने कारोबार १० अर्ब माथिको हुन आबश्यक छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.