बुधबार, असार १८,२०८२ 07:44:11
  • बुधबार, असार १८,२०८२ 07:44:11
Global IME Bank Limited

महाप्रसादको बहिर्गमनमा दीप प्रज्वलन गरेका लगानीकर्ता बजारले उल्टो लय समातेपछि निराश, किन यस्तो भयो ?

Hyundai Nepal
महाप्रसादको बहिर्गमनमा दीप प्रज्वलन गरेका लगानीकर्ता बजारले उल्टो लय समातेपछि निराश, किन यस्तो भयो ?
Nabil Bank Limited

काठमाण्डौं । शुक्रबार गभर्नर महाप्रसाद अधिकारी नेपाल राष्ट्रबैंकबाट बिदा भए । गभर्नर विदा भएको दिन सेयर लगानीकर्तामा अभूतपूर्व खुशियालीजस्तो देखिएको थियो । कतिपयले उनको बहिर्गमनको खुशीमा दिउँसै भृकुटीमण्डपमा भेला भएर दीप प्रज्वलन गरे, सुखद निकट भविष्यको कामनासहित ।  

दीप प्रज्वलनसहित लगानीकर्ताहरुले त्यहाँ एकआपसमा चकलेट साटासाट गरे र इतिहासकै विवादित गभर्नर महाप्रसादको बहिर्गमनको अवसरमा खुशियाली मनाए ।  

सो दिन भृकुटीमण्डपमा भेला भएका लगानीकर्ताहरुले पूँजीबजारलाई कार्यकालभरि नै बक्रदृष्टिले हेरेका अधिकारीको बहिर्गमन भएकोले बजारले ऐतिहासिक गति लिने बिश्वास व्यक्त गरेका थिए ।

CG Motors
Muktinath Bikas Bank Limited

सो क्रममा उनीहरुले गभर्नरले लिएको बजारविरोधी नीतिकै कारण कतिपय आफ्ना साथीहरुले आत्महत्या गरेका, कतिपय लगानीकर्ता डिप्रेसनमा पुगेका र कतिपयको अवस्था 'घरको न घाटको' भएको समेत सुनाए । लगानीकर्तालाई डूबाउने अधिकारी विदाई हुँदै गर्दा उनीहरुले अब आउने १८ औं गभर्नर बजार र अर्थतन्त्र बुझेको हुनुपर्ने र कुनै पनि दल विशेषको कार्यकर्ता हुन नहुने आफ्ना अडानहरु पनि राखे ।  

त्यहाँ उपस्थित अधिकांश लगानीकर्ता र उनीहरुको कार्यक्रममा सामाजिक सञ्जालका प्ल्याटफर्महरुबाट स्वागत गर्नेहरुको अपेक्षा बजारले राम्रै अंकले अधिकारी बहिर्गमनको सेलिब्रेसन गर्ला भन्ने थियो । तर, बजारको चाल भने लगानीकर्ताको अपेक्षाभन्दा ठीक उल्टो चल्यो । बजारको विषयमा अनुदार गभर्नर विदा भइसक्दा समेत सरकारले समयमै अर्को गभर्नर नियुक्त गर्न नसक्दा र यो क्रममा फेरि पनि महाप्रसाद अधिकारी प्रवृतिकै पुनरावृति हुने डरका कारण लगानीकर्ताहरुको मनोबल खस्किएको देखिएको छ ।  

भृकुटीमण्डपमा दीप प्रज्वलन गरेर चकलेट बाँड्नेहरु चाहिँ बजारले लिएको उल्टो गतिको विषयमा के धारणा राख्छन् ? 

नेपाल सेयरधनी संघका उपाध्यक्ष कमलराज अधिकारी सेयर बजारको घटबढलाई 'स्वभाविक' भन्दै गभर्नर जाँदा समेत बजार नबढ्नुको कारण प्रस्तुत गर्दै भन्छन्-‘अहिले चैत्र मसान्तको दवाब र नयाँ गभर्नर समयमा नआँउँदा बजार घटेको हो ।'  

आफूहरुले दीप प्रज्वलन गरेर नयाँ गभर्नर नियुक्तिको विषयमा समेत सरकारलाई खबरदारी गरेको सुनाए । 'अझै पनि सरकारले गभर्नर सिफारिस र नियूक्ति समयमा गर्न सकेको छैन । मन्त्रीस्तरीय निर्णयबाट कायममुकायमको जिम्मेबारी दिइयो ।' अधिकारी भन्छन् -' दीप प्रज्वलन भनेको नयाँ आउने गभर्नरका लागि सचेत गराउने एउटा सांकेतिक कार्यक्रम पनि थियो ।'  

उनले अहिलो अन्य समूहहरुले पनि आन्दोलन गरिरहेका र यही बेलामा पूँजीबजारमा नकारात्मक प्रभाव पार्ने कामहरु सरकारले गर्दै गए आफूहरुले पनि नयाँ खालको आन्दोलन घोषणा गरेर धक्का दिनसक्ने चेतावनी समेत दिए ।  

'सरकारले बेलैमा सोचोस् ।'-उनले थपे । 

सक्रिय लगानीकर्ता दीपक कार्की भन्छन्-‘अहिले सरकार प्रति लगानीकर्ताको निकै असन्तुष्टि रहेको छ । यसकारण गभर्नर नियुक्तिमा ढिलाई र अनावश्यक चलखेल गरेर आगोमा घ्यू थप्ने काम नगर्न सरकारलाई आग्रह छ ।'  

कार्कीले राष्ट्रबैंक कायममुकायमको घरमा चलाउन खोज्नु राम्रो लक्षण नभएको र यस्तो प्रवृतिले लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव परेको समेत सुनाए ।  

उनले भने-'हाम्रो माग भनेको कूनै अमूक ब्यक्ति आउनुपर्छ भन्ने होइन । राष्ट्रिय/अन्तराष्ट्रिय अर्थतन्त्र बुझेको र पूँजीबजार पनि चलयमान गर्नसक्ने व्यक्ति गभर्नरको रुपमा आउनुपर्छ ।'  

एक महिनाअगाडि नै भइसक्नुपर्ने नियुक्तिमा अझै बिलम्ब गरिनु र नयाँ नयाँ खेलहरु जोडिँदै जानुले राम्रो संकेत नगर्ने कार्कीको धारणा छ ।  

दीप प्रज्वलन कार्यक्रममा सक्रियतापूर्वक सहभागी भएका लगानीकर्ता नानीबाबु खरेलले चैत मसान्तको दवाबका कारण मात्रै बजार घटेको स्पष्ट पारे । केही खेलाडीले बजार घटाएर खाने दाउले निरन्तर घटाइरहेको समेत दाबी गरे । उनले पनि गभर्नर नियुक्तिमा भइरहेको ढिलाईले सेयर बजारलाई नकारात्मक प्रभाव पारेको बताए ।  

सक्रिय लगानीकर्ता रुपा मानान्धरले आफूहरुले दीप प्रज्वलन सरकारलाई खबरदारीको लागि गरेको बताइन । उनले भनिन्-' ‘ सरकारले गभर्नर सोचेर ल्याउनुपर्छ । बजारमा सुनिएजस्तो बिचौलियाको प्रभावमा परेर भन्दा पनि सक्षम व्यक्ति आउन आवश्यक छ ।'  

मानन्धरले अब आउने गभर्नरले अर्थतन्त्र र पूँजीबजारलाई चलायमान बनाउने क्षमता राख्नुपर्नेछ । विगतमा गभर्नरकै गलत नीति र रबैयाका कारण पूँजीबजारमा धनजनको क्षति भएको भन्दै सरकारले ढिलासुस्ती गरेर कुर्सी जोगाउने खेलमा मात्र लाग्नु अनैतिक हुने प्रष्ट पारिन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.