बिहीबार, असार १९,२०८२ 09:11:50
  • बिहीबार, असार १९,२०८२ 09:11:50
Global IME Bank Limited

पियोर इनर्जीको आईपीओ बाँडफाँड, १७.२७ लाख सदर आवेदकको हात खाली

Hyundai Nepal
पियोर इनर्जीको आईपीओ बाँडफाँड, १७.२७ लाख सदर आवेदकको हात खाली
Nabil Bank Limited

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।  

कम्पनीले गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।  

कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ जारी गरेको थियो । नबिल इन्भेष्टमेन्ट बैंकिकका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ५४ हजार ४९७ आवेदकबाट २ करोड १० लाख ५३ हजार ४६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसमध्ये १८ लाख ४६ हजार ६६४ आवेदन सदर भएको र ६ हजार ४२६ आवेदन बदर भएको छ ।  यसरी कुल सदर आवेदकबाट २ करोड ९ लाख ४९ हजार ६० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल सदर आवेदकमध्ये १ लाख १९ हजार ५२० जनालाई १० कित्ताका दरले ११ लाख ९५ हजार २ सय कित्ता सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १७ लाख २७ हजार १४४ सदर आवेदकको हात भने खाली भएको छ ।  

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.