काठमाण्डौ । आम्दानी घट्दा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको मुनाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४७.६७ प्रतिशतले कम हो ,
अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ७ करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी समेत ५६.४२ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म १० करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनी खर्च भने घटाउन सफल भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १० करोड ४४ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने ५ करोड ८३ लाख मात्रै कुल खर्च गरेको छ । कम्पनीले यो अवधिसम्म १२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ २८ करोड ६२ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको फेयर भ्यालु रिजर्भमा ५१ करोड ५७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) घटेको छ । अघिल्लो आवमा ३.८९ रुपैयाँ रहेको ईपीएस घटेर १.८५ मा सीमित बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ७८.३३ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०१.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७४०.२त्६ गुणा कायम भएको छ ।