काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख ३८ हजार ५०० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र आवेदिन दिनु पर्नेछ । हाल कायम संस्थापकहरुले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
उक्त समयसम्म आवेदन नआएमा संस्थापक बाहेकका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।