काठमाण्डौ । आम्दानी बढेसँगै मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट निस्कदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्था ७२ लाख खुद घाटामा थियो ।
संस्थाले समीक्षा अवधिसम्म ७ करोड ७ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.७० प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले ५ करोड २१ लाख खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो आवमा ५ लाख ६५ हजार रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी बढेर १ करोड १९ लाख पुगेको छ ।
यस्तै संस्थाको खुद सञ्चालन आम्दानी पनि ४०.५३ प्रतिशतले बढेर ८ करोड ६० लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा १ करोड ३३ लाख रहेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा भने २ करोड २८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ २ करोड २८ लाख ले ऋणात्मक कायम छ। यस्तै संस्थाको रिजर्भको आकार भने ३ करोड २४ लाख रुपैयाँबाट बढेर ४ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ११.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३६३ रुपैयाँ, पीई रेसियो १५२.३४ गुणा, तरलता अनुपात ११.६७ प्रतिशत र प्रतिसेयर नेटवर्थ १२२.९३ रुपैयाँ कायम भएको छ ।