काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) को नाफामा ३३.१५ प्रतिशतको गिरावट आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ७२ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ अर्ब ९ करोड खुद नाफा कमाएको थियो ।
कम्पनीले तेस्रो त्रैमाससम्म १ अर्ब ९ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३२.६५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी १ अर्ब ६२ करोड रहेको थियो ।
कम्पनीको कुल खर्च २९.८१ प्रतिशतले घट्दै ४ करोड ९१ लाखमा खुम्चिएको छ ।
कम्पनीको कुल चालु सम्पत्ति १७ अर्ब ९ करोड र कुल चालु दायित्व २३ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २९.६८ प्रतिशतले बढेर ३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.९६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.७८ रुपैयाँ,पीई अनुपात ७२.८२ गुणा र तरलता अनुपात ७१.३३ प्रतिशत कायम भएको छ ।