बुधबार, असार १८,२०८२ 12:36:49
  • बुधबार, असार १८,२०८२ 12:36:49
Global IME Bank Limited

सन नेपाल लाइफको हकप्रदमा पहिलो दिन कति पर्यो आवेदन ?

Hyundai Nepal
सन नेपाल लाइफको हकप्रदमा पहिलो दिन कति पर्यो आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा ६ हजार ७५७ कित्ताका लागि आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार कम्पनीको हकप्रदमा पहिलो दिनमै ६२६ आवेदकले ६ हजार ७५७ कित्ताका लागि आवेदन दिएका हुन् ।  

कम्पनीको हकप्रदमा ६ लाख ७५ हजार ७०० रुपैयाँबराबरको आवेदन परेको छ । कम्पनीले आजदेखि हाल कायम चुक्तापूँजीको २७ प्रतिशत अर्थात् हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्कास गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । यो हकप्रदमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.