बिहीबार, असार १९,२०८२ 02:52:17
  • बिहीबार, असार १९,२०८२ 02:52:17
Global IME Bank Limited

नेप्सेमा ३ वटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Hyundai Nepal
नेप्सेमा ३ वटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयर र हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा नेशनल लाइफ, एनएलजी इन्स्योरेन्स र बरुण हाईड्रोको सेयरमूल्य समायोजन भएको हो ।  

नेशनल लाइफले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात  कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५९८.४४ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६२८.३६ रुपैयाँ कायम थियो ।  

त्यस्तै एनएलजी इन्स्योरेन्सको २.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७४१.४८ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६०.०२ रुपैयाँ कायम थियो ।  

यस्तै बरुण हाईड्राको शतप्रतिशत हकप्रद सेयरका लागि समेत सेयरमूल्य समायोजन भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता २९०.३६ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४८०.७२ रुपैयाँ कायम थियो ।    

आजको कारोबारदेखि नयाँ समायोजित मूल्य अनुसार यी  कम्पनीको सेयरमूल्य दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.