बुधबार, असार १८,२०८२ 04:22:19
  • बुधबार, असार १८,२०८२ 04:22:19
Global IME Bank Limited

तीनवटा सिमेन्ट कम्पनीमध्ये शिवमको सेयर भाउ स्ट्रङ बुलिस, अन्यको अवस्था कस्तो ?

Hyundai Nepal
तीनवटा सिमेन्ट कम्पनीमध्ये शिवमको सेयर भाउ स्ट्रङ बुलिस, अन्यको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेमा उत्पादन तथा प्रशोधन समूहमा हाल तीन वटा सिमेन्ट कम्पनी सूचीकृत छन् । हालै आईपीओ बाँडफाँड सम्पन्न गरेको सर्वोत्तम सिमेन्ट केही दिनमा कारोबारमा आउँदै छ । शिवम् सिमेन्ट ५ वर्ष पहिले नेप्सेमा सूचीकृत भएको थियो । घोराही सिमेन्ट र सोनापूर मिनरल्स एण्ड आयल लिमिटेड कम्पनी सूचीकृत भएको धेरै लामो समय भएको छैन । आज हामीले यी तीन वटा कम्पनीहरुको आधारभूत तथा प्राविधिक पक्ष केलाउने प्रयास गरेका छौ ।  

शिवम् सिमेन्टः

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्ता पूँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कुल पूँजी ९ अर्ब ४० करोड  रुपैयाँ रहेको छ । कम्पनीको खूद मूनाफा १४ करोड ८५ लाख रहेको छ भने  प्रतिसेयर आम्दानी ५.९१ रुपैयाँ रहेको छ । बुक भ्यालु १८७.६९ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ३.१५ प्रतिशत रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङगर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ हाल बुलिस मारुबुजु क्याण्डलका साथ अपर ब्याण्डमा चलेको छ । म्याक्डीमा पनि  बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकरात्मक बनेका छन् । आरएसआई भने ओभर बट जोन ६७ को तहमा पुगेको छ । समग्रमा तीनवटा इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर हाल ओभर बट जोन नजिक पुगेको देखिन्छ । यसकारण अल्पकालमा केही करेक्सन आउन सक्छ । यद्यपी फिएर एण्ड ग्रिड इन्डेक्समा भने स्ट्रङ बुलिस रहेको छ । 

 

घोराही सिमेन्टः  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्ता पूँजी ३ अर्व ९७ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भमा ६.७३  करोड रुपैयाँ रहेको छ भने कुल पूँजी १० अर्ब ७ करोड रुपैयाँ रहेको छ । खुद मूनाफा ५ करोड ३४ लाख  रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १.३४ रुपैयाँ रहेको छ । बुक भ्यालु २६९ रुपैयाँ रहेको छ ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआई

बोलिङगर ब्याण्डको आधारमा यो कम्पनी पनि बोलिङगर ब्याण्डको अपर ब्याण्ड सँग–सँगै चलेको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकरात्मक र लामा–लामा हुँदै गरेको देखिन्छ । आरएरआई पनि ६० भन्दा माथि बुलिस यात्रामा चलेको देखिन्छ । सगग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर बुलिस यात्रामा चलेको देखिन्छ ।  

सोनापूर मिनरल्स

यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिबेदन अनुसार चुक्ता पूँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको  छ । जगेडा कोषमा २ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको कुल पूँजी ५ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मूनाफा १४ करोड ३८ लाख नेगेटिभ रहेको छ । त्यसै गरि प्रतिसेयर आम्दानी पनि ९.२६ रुपैयाँ ऋयाात्मक रहेको छ । कम्पनीको बुक भ्यालु १७५ रुपैयाँ रहेको छ ।  

बोलिङगर ब्याण्डको आधारमा यो कम्पनीलाई नियाल्दा हाल अपर ब्याण्डमा रातो क्याण्डल पछि शुटिङ स्टार बनेको देखिन्छ । यसले अल्पकालमा केही करेक्सन हुँदै गरेको देखिन्छ । म्याक्डीमा केही समय पहिले बुलिस क्रसओभर बनेको छ । तर हिस्टाग्राम सकरात्मक रहेता पनि फिक्का हुँदै गएको छ । आरएसआई हाल ओभर बट जोन ६७ मा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयरमा अल्पकालमा केही नाफा बुक चल्दै गरेको देखिन्छ ।  

निष्कर्षः तीन वटा सिमेन्ट कम्पनीहरुमा चूक्ता पूँजीको आधारमा शिवम् सिमेन्ट अगाडी रहेको छ । जगेडा कोष बुक भ्यालुको आधारमा घोराही सिमेन्ट बलियो देखिन्छ । सबैभन्दा कम चुक्ता पूँजी सोनापूर मिनरल्सको देखिन्छ । सोनापूर मिनरल्सको प्रतिसेयर आम्दानी र खुद मुनाफा ऋणात्मक रहेको छ । यी तीनवटै कम्पनीको सेयर मुल्य दोस्रो बजारमा ५ सय रुपैयाँ भन्दा बढी देखिन्छ । प्राविधिक रुपमा यी तीन वटै कम्पनीको सेयर हाल अपर ब्याण्मा चलेको र आरएसआई पनि ओभर बट जोनमा रहेको देखिन्छ । त्यसैले अल्पकालमा सामान्य करेक्सन आउन पनि सक्छ ।

फिएर एण्ड ग्रिड इन्डेक्सको आधारमा शिवम् सिमेन्ट स्ट्रङ बुलिस देखिन्छ । घोराही र सोना भने बुलिस यात्रामा रहेता पनि कमजोर बुलिस देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.