आईतवार, असार २९,२०८२ 09:56:19
  • आईतवार, असार २९,२०८२ 09:56:19
Global IME Bank Limited

मौद्रिक नीतिप्रति सेयर बजार सकारात्मक, लघुवित्त र बैंकिङ समूहमा चमक

Hyundai Nepal
मौद्रिक नीतिप्रति सेयर बजार सकारात्मक, लघुवित्त र बैंकिङ समूहमा चमक
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.०६ प्रतिशत अर्थात २९ अंकले बढेर २ हजार ७६०.८० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०१ प्रतिशतले बढेर ४८१.५४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘मौद्रिक नीति पछिको पहिलो कारोबारमा सेयर बजार अपेक्षा गरेजस्तै देखिएको छ । मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएको छ । यसले सेयर बजारलाई समेत फाइदा पुग्ने देखिन्छ ।’

उनले बैंक र लघुवित्तमा आज चमक आउनु पनि मौद्रिक नीतिको परिणाम भएको  बताए । बजार अहिले बुलको तयारीमा रहेको समेत उनले दाबी गरे । प्राविधिक रुपमा पनि बजार अप ट्रेण्ड भएको बताउदै उनले बजारको आगामी सम्भावना राम्रो रहेको बताए ।  

अर्का बजार जानकार पर्वत विष्टले आज बजारमा अपेक्षा अनुरुप राम्रो सुधार आएको बताए । ‘यसले दीर्घकालमा बजारमा दिगो हुने देखिन्छ । लगानीकर्ताको मनोबल समेत बढेको छ । २८ सय विन्दु आसपास बजारले प्रतिरोध लिएतापनि यसबाट माथि गयो भने बजारले ३ हजार विन्दुसम्मको यात्रा गर्न सक्छ,’ उनले भने ।    

 

Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । लघुवित्त समूह आज सर्वाधिक अर्थात ३.६६ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि ३.८४ प्रतिशत विकास बेंक १.४२, फाइनान्स १.९२, होटल ०.९२, उत्पादन तथा प्रशोधन ०.३३ र म्युचुअल फण्ड १.५१ प्रतिशतले बढ्यो ।  

हाईड्रो समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.७६ प्रतिशतले घट्यो । लगानी समूह पनि आज ०.०४ प्रतिशत,जीवन बीमा ०.०५,निर्जीवन बीमा ०.२७,अन्य ०.२४ र व्यापार समूह ०.३० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३७ करोड १४ लाख बढीको सेयर कारोबार भयो । बुटवल पावरको पनि आज ३२ करोड ८५ लाख, एनआरएन एन्फ्रास्ट्रक्चरको २८ करोड ५३ लाख, सानिमा बैंकको २५ करोड १८ लाख र सिईडिबि होल्डिङको २४ करोड ८८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज एनआईसी एशिया बैंक र खानीखोला हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

जीवन विकास लघुवित्तको सेयरमूल्य पनि आज ९.६१ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ७.३० र समाज लघुवित्तको ६.५० प्रतिशतले बढ्यो ।  

हिमालयन हाईड्रोका लगानीकर्ताले आज सर्वाधिक गुमाए । यो कम्पनीका लगानीकर्ताले आज ९.९३ प्रतिशतले गुमाए । राप्ती हाईड्रोको सेयरमूल्य पनि आज ७.३४ प्रतिशत,भगवती हाईड्रोको ६.९३ र पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य ५.३६ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.