आईतवार, श्रावण ४,२०८२ 07:49:39
  • आईतवार, श्रावण ४,२०८२ 07:49:39
Global IME Bank Limited

नेपाल एसबिआई बैंकको ऋणपत्रमा ४ गुणा बढी आवेदन

Hyundai Nepal
नेपाल एसबिआई बैंकको ऋणपत्रमा ४ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । प्रति इकाई रु. १००० अंकित दरका कुल ३० लाख इकाई निष्कासन गरिएकोमा १.२ करोडभन्दा बढी इकाईहरूका लागि आवेदन प्राप्त भएको छ । 

यो ऋणपत्र गत असार ३० देखि साउन १ सम्म खुला रहेको थियो ।  

Muktinath Bikas Bank Limited

कुल इकाईहरूमध्ये १८ लाख इकाईहरू निजी प्लेसमेन्टमार्फत र १२ लाख इकाईहरू सर्वसाधारणका लागि प्रस्ताव गरिएको थियो । जसमध्ये ५% (६० हजार इकाई) म्युचुअल फण्डहरूका लागि सुरक्षित राखिएको थियो । १० वर्ष अवधिका लागि जारी उक्त ऋणपत्रमा ७% वार्षिक ब्याजदरको व्यवस्था गरिएको छ ।  

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत जेठ ७ मा यो ऋणपत्र निष्काशनलाई स्वीकृति प्रदान गरेको थियो भने नबिल इन्भेस्टमेन्ट बैंकिंङ लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा रहेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.