काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रस्उताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही साउन २२ गते विशेष साधारण सभा डाकेको हो ।
उक्त सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको काजीको किचनमा बिहान साढे ८ बजेदेखि सञ्चालन हुनेछ ।
सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने र सो अनुसार प्राप्त हुने रकमको उपयोगको सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने र नियमनकारी निकायबाट प्रस्तावहरुमा कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले यही साउन १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअर्थ साउन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको विेशष साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।