बुधबार, असार १८,२०८२ 10:29:55
  • बुधबार, असार १८,२०८२ 10:29:55
Global IME Bank Limited

नेप्सेमा झिनो अंकको करेक्सन,‘अपर तामाकोशीका कारण बजारमा दवाब’

Hyundai Nepal
नेप्सेमा झिनो अंकको करेक्सन,‘अपर तामाकोशीका कारण बजारमा दवाब’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचकमा झिनो अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक २.४८ अंक अर्थात ०.११ प्रतिशतले घटेर २ हजार १०८.७२ विन्दुमा सीमित बन्न पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ३७४.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१० वटा कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर ४ अर्ब २४ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘बजारमा सबै माहोल सकारात्मक नै छ । बजार अझै पनि गुड न्यूजको प्रतिक्षामा छ । आज सरकारले विश्वासको मत लिएको पनि छ । अर्थमन्त्रीले पनि सेयर बजारको सुधारका लागि पहल गरिरहेका छन् । त्यसैले बजार मजबुत रहने देखिन्छ ।’

यद्यपि आज लगानीकर्ताले नाफा बुक गरेका कारण बजारमा केहि गिरावट आएको उनले बताए । पौडेलले यसपालि बजार सहजै २२ सयको विन्दु पार हुने अनुमान गरे ।  

अर्का बजार जानकार दामोदर गजुरेल पनि आज बजारमा नाफा बुक भएको बताउँछन् ।‘आज बजार खासगरी अपर तामाकोशीको सेयरको सप्लाईले दवाबमा देखियो । यद्यपि बजार करेक्सन हुँदै २३ सयभन्दा माथि नै लाग्ने देखिन्छ ।’गजुरेल बताउँछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतिएको छ । आज सबैभन्दा धेरै वृद्धि वित्त समूहमा देखिएको छ । वित्त समूह २.३२ प्रतिशतले बढेको आज विकास बैंक ०.३५,जीवन बीमा ०.०९,लघुवित्त ०.४४,म्युचुअल फण्ड ०.४० र अन्य समूह ०.४६ प्रतिशतले वृद्धि भएको छ ।  

आज होटल एण्ड टुरिजम समूहमा सबैभन्दा धेरै अर्थात १.१४ प्रतिशतको गिरावट आएको छ । यो दिन बैंकिङ समूह ०.१०, हाईड्रो १.०९,लगानी ०.०७, उत्पादन तथा प्रशोधन ०.१४,निर्जीवन बीमा ०.५५ र व्यापार समूह ०.११ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको २५ करोड ५३ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै सोनापुर मिनरल्सको २० करोड ६९ लाख, हिमालयन रि इन्स्योरेन्सको २० करोड ६३ लाख, अपर तामाकोशीको १५ करोड ५४ लाख र गोर्खाज फाइनान्सको १३ करोड ७७ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । यो संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने आज उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ९.५८, आत्मनिर्भर लघुवित्तको ९.२२, समाज लघुवित्तको ९.०३ र जनउत्थान लघुवित्तको सेयरमूल्य ७.८९ प्रतिशतले बढेको छ ।  

आज अपर तामाकोशीको सेयरमूल्य १० प्रतिशतले घटेर  नकारात्मक सर्किट लागेको छ । यो दिन दोर्दी खोला जलविद्युतको सेयरमूल्य ४.५७ प्रतिशत र बलेफि हाईड्रोको सेयरमूल्य ३.०९ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.